२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।
प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।
कांग्रेसबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij