२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ७६५ रुपैयाँ कारोबार भएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij