Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोशी प्रदेश सरकार

कोशी सरकारप्रति सत्तारूढ दलकै नेता असन्तुष्ट, निवर्तमान मुख्यमन्त्रीको संसदमै अनशन

कोशी सरकारप्रति सत्तारूढ दलकै नेता असन्तुष्ट, निवर्तमान मुख्यमन्त्रीको संसदमै अनशन


  • 2.0K
    Shares

    कोशी सरकारप्रति सत्तारूढ दलकै नेता असन्तुष्ट, निवर्तमान मुख्यमन्त्रीको संसदमै अनशन

    काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संसदमै अनशन बस्ने भएका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमा सरकारले आफ्ना माग पूरा नगरे अनशन बस्ने चेतावनी दिएका थिए । 

    कार्कीले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयं सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र  सञ्चालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण हुनुपर्ने अडान पुनः राखेका छन् । 

    यसअघि केदार कार्कीले संसदमा बोल्दै केन्द्र सरकार र प्रदेश सरकार विकास निर्माणमा बेखबर बनेको आरोप लगाएका थिए भने संसदमै अनशन बस्ने घोषणा गरेका थिए । उनको माग सम्बोधन गर्न मुख्यमन्त्री हिक्मत कार्की तयार नभएपछि आजदेखि अनिश्चित कालका लागि अनशन बस्न लागेका छन् । 

    प्रकाशित मिति :भाद्र २५ २०८१ मंगलवार - ११:१७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij