Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

कोशीमा कांग्रेस–एमाले विवाद, भागबण्डा मिलाउन देउवा र ओलीबीच छलफल  

कोशीमा कांग्रेस–एमाले विवाद, भागबण्डा मिलाउन देउवा र ओलीबीच छलफल  


  • 1.8K
    Shares

    कोशीमा कांग्रेस–एमाले विवाद, भागबण्डा मिलाउन देउवा र ओलीबीच छलफल  

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

    कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ । 

    कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । कांग्रेसको भागमा चार मन्त्री परेका छन् । 

    पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा कांग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।

    दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र शसस्त्र प्रहरी विधेयकबारे छलफल गर्ने तय भएको छ । 

    छलफल ४ः४५ बजेबाट सुरु भएको छ । 

    प्रकाशित मिति :भाद्र २३ २०८१ आइतवार - १५:४४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij