Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सांसदको हर्कत

३३ वर्ष पहिले किर्ते मुद्दामा दोषी ठहर कांग्रेस सांसद केसी अब जेलको चिसो छिँडीमा 

३३ वर्ष पहिले किर्ते मुद्दामा दोषी ठहर कांग्रेस सांसद केसी अब जेलको चिसो छिँडीमा 


  • 2.6K
    Shares

    ३३ वर्ष पहिले किर्ते मुद्दामा दोषी ठहर कांग्रेस सांसद केसी अब जेलको चिसो छिँडीमा 

    काठमाडौं । नेपाली कांग्रेस रुकुमपूर्व ‘ख’ बाट निर्वाचित प्रदेश सांसद धनबहादुर केसी जेल चलान भएका छन् । उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि उनी जेल चलान भएका हुन् । 

    केसीले आज (आइतबार) अदालत पुगेर आत्मसमर्पण गरेका छन् । फरार भएको केही वर्षपछि सांसद केसी अदालतमा उपस्थित भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए । 

    प्रदेश सांसद केसी अदालत उपस्थित भएको र अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेरले बताए । 

    ३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । 

    प्रकाशित मिति :भाद्र २३ २०८१ आइतवार - १५:०७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij