Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

काठमाडौंका विभिन्‍न क्षेत्रमा आजबाट मेलम्चीको पानी वितरण सुरु

काठमाडौंका विभिन्‍न क्षेत्रमा आजबाट मेलम्चीको पानी वितरण सुरु


  • 10.5K
    Shares

    काठमाडौंका विभिन्‍न क्षेत्रमा आजबाट मेलम्चीको पानी वितरण  सुरु
    images

    काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा आजबाट वितरण गरिएको छ ।

    शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण सुरु गरिएको हो । खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै एक समारोहका बीच गर्दै हुनुहुन्छ ।

    काठमाडौंमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनु भएको छ ।

    काठमाडौंको मिनभवन,अनामनगर,महांकाल,खुमलटारको पानी ट्यांकीबाट पनि पानी वितरण भएको छ । काठमाडौं खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौं उपत्यकामा दैनिक करीव ८ करोड लिटर खानेपानी वितरण गरिने छ ।

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १४:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij