Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

साढे ७ वर्षपछि प्रतिपक्षीको बेञ्चमा माओवादी ! 

साढे ७ वर्षपछि प्रतिपक्षीको बेञ्चमा माओवादी ! 


  • 2.7K
    Shares

    साढे ७ वर्षपछि प्रतिपक्षीको बेञ्चमा माओवादी ! 

    काठमाडौं । २०७४ र ०८९ को निर्वाचन पश्चात् सत्ताको कुर्सीमा विराजमान नेकपा (माओवादी केन्द्र) ०८१ मा प्रतिपक्षीको बेञ्चमा पुगेको छ । संघमा आसार १७ मा भएको कांग्रेस–एमाले सत्ता समीकरण पश्चात् माओवादी प्रतिपक्षी बेञ्चमा पुगेको हो । 

    प्रदेश सभाको भदौ २६ गते बस्ने बैठकमा माओवादी प्रदेश सरकार स्थापनायताको साढे सात वर्षपछि पहिलोपटक प्रतिपक्षको बेन्चमा बस्ने छ ।

    ०७४ को प्रदेशसभा निर्वाचनपछि गठित पृथ्वीसुब्बा गुरुङ नेतृत्वको नेकपाकालीन सरकार, नेकपा विभाजनपछि बनेको कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकार, दोस्रो कार्यकालको सुरुमा बनेको एमालेका खगराज अधिकारीको सरकार, त्यसपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे र फेरि अधिकारी नेतृत्वको सरकारमा माओवादी कहिल्यै प्रतिपक्षमा बसेन । प्रदेश सभामा पनि जहिले सत्तापक्षको बेञ्चमा नै माओवादी रह्यो ।

    तर, गण्डकीमा माओवादी जेठ १६ गतेयता नै प्रतिपक्षमा पुगेको थियो । गण्डकीमा त्यतिबेला एमाले माओवादी मिलेर सभामुखलाई समेत गणना गरेर बनाएको सरकारलाई अवैध करार गर्दै सर्वोच्चले जेठ १४ गते ४८ घण्टाभित्र कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

    संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका पाण्डेले कांग्रेस एमालेको समीकरणबिनै जेठ २८ गते विश्वासको मत पाएका थिए । त्यतिबेला माओवादी प्रतिपक्षी नै रहे पनि एमाले प्रमुख प्रतिपक्ष थियो । अहिले भने एमाले कांग्रेसको सरकारमा सामेल भएको छ । एमाले सत्ता साझेदार दल बनेपछि माओवादी पहिलोपटक प्रमुख प्रतिपक्षी बन्न पुगेको हो ।

    प्रकाशित मिति :भाद्र २१ २०८१ शुक्रवार - १२:२४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij