२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् ।
उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत उनले राजीनामा पठाएका हुन् ।
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात् वन तथा वातावरण मन्त्रालय पाएका थिए ।
वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेका मनाङेले मन्त्रीपद नियुक्त भएको ३ घण्टा नबित्दै राजीनामा दिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij