Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश सरकार 

सहमति कार्यान्वयनमा कांग्रेसको उल्झनले मन्त्रालय फुटाउनुपर्ने बाध्यता, एमालेको भागमा ४ मन्त्री

सहमति कार्यान्वयनमा कांग्रेसको उल्झनले मन्त्रालय फुटाउनुपर्ने बाध्यता, एमालेको भागमा ४ मन्त्री


  • 2.9K
    Shares

    सहमति कार्यान्वयनमा कांग्रेसको उल्झनले मन्त्रालय फुटाउनुपर्ने बाध्यता, एमालेको भागमा ४ मन्त्री

    काठमाडौं । कांग्रेस र एमालेबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या ७ बाट ९ पुर्याइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । संरचना ९ नै भएको र मन्त्रालयमात्र थपिएको उनको भनाइ छ ।

    वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्रयाइएको हो छ । प्रदेशमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको पाण्डेले बताए ।

    एमाले १–२ दिनमै सरकारमा आउने उनको भनाइ छ । संघमा सत्ता समीकरण फेरबदल पश्चात् साउनमा कांग्रेस–एमालेबीच गण्डकी प्रदेशमा दुवै दलले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । 

    तर, केही दिन पहिले कांग्रेसले सभापति शेरबहादुर देउवा, पार्टी संस्थापनइतर पक्षका नेताद्वय डा.शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले ५ मन्त्रालय पाउनैपर्ने दाबी गरेपछि मन्त्रालय फुटाएर भाग पुर्याइएको छ । 

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - १०:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij