Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, १२ जना बिरामी

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, १२ जना बिरामी


  • 2.3K
    Shares

    • images
    नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, १२ जना बिरामी
    images

    काठमाडौं । नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको छ ।

    बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट १२ जना बिरामी परेका छन् ।  नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए । 

    भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, “आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।”  

    झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - ०९:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij