Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय


  • 1.6K
    Shares

    थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

    काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई वटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले महोत्तरी र पाल्पास्थित चार वटा शाखा कार्यालय एकआपसमा गाभ्ने भएको हो ।

    महोत्तरी जिल्लाको रामगोपालपुर वडा नम्बर ५ स्थित रामगोपालपुर शाखा कार्यालय सोही जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित जलेश्वर शाखा कार्यालयमा गाभ्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कार्यालय गाभिने भएसँगै अब रामगोपालपुरका अभिकर्ता र बीमितहरूलाई बीमा सेवाका लागि जलेश्वर शाखासम्म धाउन पर्ने भएको छ ।

    त्यस्तै कम्पनीले पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेको पाल्पा सिलखन टोल र पाल्पा तानशेन शाखा कार्यालय पनि आपसमा गाभ्ने भएको छ । शाखा कार्यलय गाभिएपश्चात् कम्पनीले हाल पाल्पा सिलखन टोल शाखा रहेको कार्यालयबाट सेवा प्रवाह गर्नेछ भने पाल्पा तानशेन शाखा कार्यालय बन्द हुनेछ ।

    यी गाभिएर बनेको शाखाबाट कम्पनीले असोज १ गतेदेखि सेवा प्रवाह गर्ने जनाएको छ । पछिल्लो समय सूर्यज्योति लाइफले धमाधम शाखा कार्यालयहरू मर्ज गर्दै गइरहेको छ ।

    1.jpg

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - ०७:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij