२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ७ प्रदेशको जिम्मेवारी हेरफेर गरेको छ । उसले अनौपचारिक बैठक आह्वान गरी प्रदेशको जिम्मेवारी हेरफेर गरेको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । पदाधिकारी निर्वाचन पश्चात् असन्तुष्टि साम्य पार्न नेतृत्वले सात जना नेतालाई जिम्मेवारी दिएको छ ।
आइतबार बिहान बसेको पदाधिकारी बैठकले कोशीमा जगन्नाथ खतिवडा, मधेसमा धर्मनाथ साह, बागमतीमा गंगालाल तुलाधर, कर्णालीमा प्रकाश ज्वाला, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी र सुदूरपश्चिममा भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्यूरो चयनका क्रममा नेतृत्वले हेलचत्रल्याइँ गरेको भन्दै असन्तुष्ट नेताहरूलाई प्रदेशको जिम्मेवारी दिइएको एक नेताले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij