२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी २०८४ को चुनावमा कर्णालीले आफ्नो पार्टीलाई अत्याधिक भोट दिने दाबी गरेका छन् ।
शनिबार कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘विकासमा कर्णाली छुट्यो । तर कर्णालीले चुनेर पठाएका एकएकका परिवारको गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ, कोही छुटेको छैन ।’
उनले भेलालाई सम्बोधन गर्नेक्रममा कर्णालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी २०८४ को निर्वाचनमा अत्याधिक भोट दिएमा विकास मूल फुटाइदिने आश्वासन दिएका थिए । ।
यस्तै कार्यक्रममा पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहरी मात्र नभई गाउँ गाउँमा पनि रास्वपा फैलिरहेको बताए । उनले देशमा नकारात्मक सोच बढेको भन्दै सकारात्मक सोच बोक्ने व्यक्ति पार्टी सभापति भएको उल्लेख गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij