Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एक महिनामै थपियो ४१ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति ८४ हजार ७ सय ७२ रुपैयाँ पुग्यो

एक महिनामै थपियो ४१ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति ८४ हजार ७ सय ७२ रुपैयाँ पुग्यो


  • 2.5K
    Shares

    एक महिनामै थपियो ४१ अर्ब सार्वजनिक ऋण,  प्रतिव्यक्ति  ८४ हजार ७ सय ७२ रुपैयाँ पुग्यो
    images

    काठमाडौं । एक महिनामा मात्र सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ४१ अर्ब ११ करोड रुपैयाँ थपिएको छ । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउनमा मात्र ४१ अर्ब ११ करोड रुपैयाँले सार्वजनिक ऋण थप भएको हो ।

    २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रहेको सार्वजनिक ऋण एक महिनामा ४१ अर्ब ११ करोड रुपैयाँले बढेर २४ खर्ब ७२ अर्ब ४४ करोड पुगेको सार्वजनिक व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको छ ।  

    चालु आव साउन मसान्तसम्ममा प्रतिव्यक्ति ऋण हिस्सा ८४ हजार ७ सय ७२ रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल २४ खर्ब ७२ अर्ब ४४ करोड सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । सरकारले चालु बजेटमा पनि पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा झण्डै १५ अर्ब धेरै बजेट विनियोजन गरेको छ ।

    कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।
     
    एक महिनामै झण्डै ४ अर्ब ब्याज भुक्तानी 

    पछिल्लो समय बढ्दो चालु खर्चका कारण सरकारी बजेट हरेक बर्षजसो दबावमा पर्ने गरेको छ । जसका कारण सामान्यतया चालु खर्चका लागि पनि सरकारले ऋण लिएर खर्च गर्नुपर्ने अवस्था छ । यसैका कारण नेपालको सार्वजनिक ऋण बर्षेनी बढ्दै गएको छ ।

    कार्यालयको तथ्यांकलाई आधार मान्दा नेपालले तिर्नुपर्ने ऋण मात्रै साउन मसान्तसम्म २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक बर्षको असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो । चालु आवको एक महिनामै तिर्नुपर्ने सार्वजनिक ऋण ४१ अर्ब ११ करोड रुपैयाँले थप भएको हो ।

    यसरी बर्षेनी थपिँदै गएको सार्वजनिक ऋणको ब्याज दायित्व पनि बर्षेनी बढ्दै गएको देखिन्छ । यसैका कारण गएको साउन महिनामा मात्रै नेपालले सार्वजनिक ऋणको ब्याज शिर्षकमा ३ अर्ब ९२ करोड (झण्डै ४ अर्ब) रुपैयाँ भुक्तानी गरेको हो । यस्तो ब्याज गत आर्थिक बर्षभरी नेपालले ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । हाल नेपालको सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा ४३.३४ प्रतिशत पुगेको छ । जसमा २२.२४ प्रतिशत हिस्सा बाह्य ऋणको छ भने २१.१० प्रतिशत हिस्सा आन्तरिक ऋणको छ ।

     
     

     

     

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - १३:४७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij