२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज (शुक्रबार) दिउँसो १ः०० बजे सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सांसद दुर्गाप्रसाद चापागाईंले जानकारी दिए । आजै संसद् सचिवालयलाई पनि पत्राचार गरेर जानकारी गराउने उनले बताए ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माओवादी केन्द्रका सांसदले समर्थन गरेका थिए ।
केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो । त्यसको दुई महिनापछि समर्थन फिर्ता लिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij