२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले एकल सरकार गठनको लागि छलफल सुरू गरेका छन् । कोशीमा एमाले र सुदूरपश्चिममा कांग्रेसले सरकारको नेतृत्व गरेको छ ।
तर, अन्य साना सत्ता साझेदार दलहरूलाई किनारा लगाएर कांग्रेस र एमालेले एकल सरकार गठनको लागि छलफल सुरू गरेको हो । कोशीमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो भने सुदूरपश्चिम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो ।
कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह छन् । गत असार १७ मा एमाले–माओवादी सत्तापलट पश्चात् कांग्रेस–एमालेको सत्ता समीकरण भएको छ ।
समीकरण फेरिएसँगै गत असार ३० मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । देशका सातै प्रदेशमा सरकार फेरबदल भएका छन् । कोशीमा मन्त्रालय बाँडफाँडलाई लिएर कांग्रेसमा विवाद सिर्जना भएको छ ।
तथापि कांग्रेस स्रोतका अनुसार दुई शीर्षस्थ नेताले आ–आफ्नो प्रदेशमा एकल सरकार बनाउन चाहेका छन् । यसबारे एक चरणबद्ध छलफल समेत भइसकेको स्रोतले जनाएको छ ।
यसबारे सत्तारूढ दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल नै सुरू भएको छ । यसबारे यो महिनाको अन्तिमसम्मा निष्कर्षमा पुग्ने स्रोतको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij