२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशस्तरिय दुई दिने परामर्श बैठक सम्पन्न भएको छ । बुधबारबाट सुरू भएको उक्त बैठक
बैठकमा प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरुले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्ययोजना ल्याउन नेतृत्वलाई आग्रह गरे ।
बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ ।
जसअनुसार सदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका थिए । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।
सुदूरपश्चिममा माओवादी केन्द्रको बैठकमा विगत लामो समयदेखि पार्टी संसदीय दलको नेता विवाद कायमै छ । पहिले खगराज भट्ट थिए । उनलाई हटाएर अहिले मानबहादुर धामी छन् ।
यसअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थायी समिति बैठकमा भट्टले सुदूरपश्चिम संसदीय दलको नेता विवाद समाधान गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए । हिजो र आज बसेको सुदूरपश्चिम परामर्श बैठकमा पनि दलको नेताबारे कुरा उठेको थियो ।
तर, प्रचण्डले अहिले तत्काल यो विषय समाधान नहुने भएकोले बसेर छलफल गरी टुंग्याउने आश्वासन दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij