Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

फेरि बढ्यो अन्डाको मूल्य, अब प्रतिक्रेट कति पुग्यो ?

फेरि बढ्यो अन्डाको मूल्य, अब प्रतिक्रेट कति पुग्यो ?


  • 3.5K
    Shares

    फेरि बढ्यो अन्डाको मूल्य, अब प्रतिक्रेट कति पुग्यो ?
    images

    काठमाडौं । पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।

    नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो ।

    अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ ।

    यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ९३० वटाको० ५ सय ५ तय गरेको थियो ।

    यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १४:३८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij