२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधि नजिक पुगेको नेपाली फुटबल टोली फेरि एकपटक मौका गुमाएको छ।
तेस्रो उपाधिका लागि बंगलादेशसँग बुधबार भएको खेलमा ४–१ को गोल अन्तरले पराजित भएसँगै ६ वर्षपछि उपाधि जित्ने अवसर गुमेको हो। तीन पटकसम्म साफ च्याम्पियनसिपको उपविजेता बनेको बंगलादेशले भने पहिलो पटक उपाधि उचालेको हो।
सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध बन्यो। नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij