Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम माओवादी 

संसदीय दलको नेता विवाद : भट्ट र धामीको आ–आफ्नै अडान, प्रचण्डले कसलाई टीका लगाइदेलान् ? 

संसदीय दलको नेता विवाद : भट्ट र धामीको आ–आफ्नै अडान, प्रचण्डले कसलाई टीका लगाइदेलान् ? 


  • 5.0K
    Shares

    संसदीय दलको नेता विवाद : भट्ट र धामीको आ–आफ्नै अडान, प्रचण्डले कसलाई टीका लगाइदेलान् ? 

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशमा विगत लामो समयदेखि संसदीय दलको नेता विवाद कायमै छ । यस विषयमा पार्टीमा छलफल भए पनि निकास भने निष्किएको छैन । 

    गत साउन ३१ गते बसेको पार्टी स्थायी समिति बैठकमा सुदूरपश्चिम प्रदेश तत्कालीन संसदीय दलको नेता खगराज भट्टले यस विषयमा कुरा उठाएका थिए । 

    यसबारे विवाद गहिरिँदै गएपछि अन्ततः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै समाधान गर्ने भएका छन् । त्यसका लागि माओवादी केन्द्रको बुधबार र बिहीबार सञ्चालन हुने सुदूरपपश्चिम परामर्श बैठकमा प्रचण्डसहित शीर्ष नेताहरूसँग विवाद समाधानको विषयमा छलफल गर्ने बताइएको छ । 

    स्थायी समिति बैठकमा स्थायी समिति सदस्य खगराज भट्टले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले परामर्श बैठकमै समस्याको हल गर्ने आश्वासन दिएका थिए । 

    माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले परामर्श बैठक सकिएपछि दलसम्बन्धी विवाद सम्बोधन हुनसक्ने बताए । दलसम्बन्धी विवादमा अल्झिनुपर्ने कारण नै नभएको उनको भनाइ छ ।

    वर्तमान अवस्थामा सुदूरपश्चिम संसदीय दलको नेता मानबहादुर धामी छन् । गत वर्ष माघ १२ गते प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामी संसदीय दलको नेता बनेपछि विवाद केन्द्रमा आइपुगेको थियो ।

    दलभित्रको विवाद झागिँदै गएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले असार १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएर भट्टलाई नेता बनाउन निर्देशन दिएका थिए । 

    उनको  निर्देशन लागू नभएपछि पार्टीले सर्कुलर नै जारी गरेको थियो । तर अहिलेसम्म पार्टीको निर्देशन कार्यान्वयन हुन सकेको छैन । अब फेरी अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा मोखिक रूपमा कसलाई निर्देशन दिन्छन् उनै बन्नेछन् ।

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १०:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij