Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नाडा अटो शो

आजदेखि नाडा अटो शो, के–के छन् मुख्य आकर्षण ?

आजदेखि नाडा अटो शो, के–के छन् मुख्य आकर्षण ?


  • 3.1K
    Shares

    आजदेखि नाडा अटो शो, के–के छन् मुख्य आकर्षण ?
    images

    काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भ मेला अर्थात् ‘नाडा अटो शो-२०२४’ आज (भदौ ११ गते मंगलबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ । १६औं संस्करणको ‘नाडा अटो शो’को सम्पूर्ण तयारी पूरा भएको छ ।

    नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ । ६ दिनसम्म चल्ने मेलाका लागि अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।  प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

    प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए ।

    नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

    अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

    विद्युतीय सवारीमा जोड

    यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ ।  विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढेसँगै यस वर्ष पनि अटो शोमा विद्युतीय सवारीले भरिभराउ हुने भएका हुन् । व्यवसायीहरु पनि अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका विद्युतीय गाडी भित्र्याउन तछाडमछाड गरिरहेका छन् ।

    यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । नाडाका अनुसार यस वर्ष करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्।

    यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ ।

    सरकारले पनि विद्युत्तीय सवारी साधनलाई प्राथमिकता दिँदै वातावरण प्रदूषण कम गर्ने नीति लिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न ठूला तथा साना रुटमा विद्युतीय सवारी साधनको उपयोग बढ्दो छ ।

    गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो ।

    घरेलु विद्युतको उपयोगमा वृद्धि, सञ्चालन र मर्मत खर्च कम र वातावरणमैत्री भएकाले नेपालमा विद्युतीय सवारी साधनको माग बढ्दो क्रममा छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - ०६:५६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij