Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश सरका 

दीपक मनाङे र फणीन्द्र देवकोटा हटाउने ध्याउन्नमा एमाले, निरन्तरता दिने कांग्रेसको चाह 

दीपक मनाङे र फणीन्द्र देवकोटा हटाउने ध्याउन्नमा एमाले, निरन्तरता दिने कांग्रेसको चाह 


  • 3.2K
    Shares

    दीपक मनाङे र फणीन्द्र देवकोटा हटाउने ध्याउन्नमा एमाले, निरन्तरता दिने कांग्रेसको चाह 

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता समीकरणको महिना दिन बित्दा पनि गण्डकी प्रदेशले सरकारको पूर्णता पाएको छैन । एमाले–माओवादी सत्ता समीकरण ताका मन्त्री बनेका दीपक मनाङे र फणिन्द्र देवकोटाकै कारण गण्डकीमा सरकारले पूर्णता पाउन सकेको छैन । 

    सत्ता समीकरण भएपश्चात् दुई पार्टीबीच पटक–पटक वार्ता र संवाद भए पनि दुवैले आ–आफ्नो अडान नछोड्दा एमाले सरकारमा गएको छैन । एमाले नयाँ गठबन्धनलाई मात्र समेट्न चाहन्छ भने कांग्रेस सरकारमा रहेको दल तथा मन्त्रीलाई सँगै लिएर जाने पक्षमा छ ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र दीपक मनाङे सरकारमा छन् । उनीहरूलाई हटाउन मुख्यमन्त्री अनिच्छुक छन् । तर, एमाले भने उनीहरूलाई हटाउने अथवा कांग्रेस कोटाबाट मन्त्री बनाउनुपर्ने अडानमा छ ।

    गण्डकीमा ७ मन्त्रालय छन् । त्यसमा एमाले ९ पुर्याएर ४ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने कांग्रेस १० पुर्याएपछि मात्रै एमालेलाई ४ दिने पक्षमा देखिन्छ ।

     

    प्रकाशित मिति :भाद्र १० २०८१ सोमवार - १५:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij