२०८२ भाद्र २ गते सोमवार
बुकमा देखियो सिन्डिकेट आज फेरि सत्र,
बाँकी आठ सय सैँतिस ब्यबसायी किन अलपत्र ?
कस्ले हाल्यो त्यो नाम सूची फेस बुकमा कुन्नि ऐले,
जोरी नै खोज्यो त्यसले किन भनि दिए फेरि मैले ।
सब मिली तिनको अब अफिस सब चाँडो घेरौं,
सबले काम गर्न पाउने गरि त्यो सुची सब फेरौ ।
चाँडो गरी किउभिसीको अफिस नै अब घेरौं,
तेरो मेरो भनि कसैको पनि अब मुख नै नहेरौ ।
कस्ता रहेछन् यिनीहरु एकाधिकारी फटाहा जाली,
फेला पर्ने भए अब यिनिहरु अब सब जाली यसपाली ।
नेपालको संविधानले भन्छ सिन्डिकेट राख्नु हुन्न,
के यस्ता सिन्डिकेट गर्ने फटाहालाई नियमले छुन्न ?
कुनै पनि हालतमा अब सिन्डिकेट लाग्न दिनु हुन्न,
के नियम कानुनले यस्तालाइ किन हो कहिल्यै छुन्न ?
किन चुप लागि बस्छ यो बैरो संघ आज सम्म फेरि ?
सय सैँतिस ब्यबसायी सडकमा आउछाँै हेरि ।
सरकारले सबको करोडौंको धरौटी किन बनायो ?
सत्रले मात्र किन आज खुसियाली फेरि नै मनायो ।
कतार कामदार पठाउन कस्ले यो सूची बनायो ?
कामदार माथि किन हो आज एकाधिकार लाद्यो ।
कामदार माथि बढी पैसा लिन सिन्डिकेट बनायो,
जनताको नजरमा सही सत्य कुरा हो भने गनायो ।
सबले बिरोध गरि गुन्जाउ त फेरि मेची महाकाली,
बिन्ती गर्दछौं हजुरहरु सबलाइ हामीहरु यसपाली !
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij