२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । असार १७ मा भएको कांग्रेस–एमाले सत्ता समीकरण ताका भएको सहमति बेगर कांग्रेसले थप मन्त्रालय माग गरेपछि कोशीमा मन्त्रालय फुटाउने तयारी भएको छ ।
मन्त्रालय फुटाउन मुख्यमन्त्री हिक्कमतकुमार कार्की प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवासँग सघन संवाद र छलफलमा छन् । तथापि यसअघि नै मुख्यमन्त्री कार्कीले मन्त्रालय फुटाउन नहुने अडान लिँदै आएका थिए ।
मन्त्रालय फुटाउनुभन्दा कांग्रेस–एमाले सत्ता गठबन्धन भएको महिना दिन पछिको सहमति कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका छन् । तर, कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, संस्थापनइतर डा.शेखर कोइराला र कृष्ण सिटौला समूहले मनमौजी निर्णय गरेकोपछि मुख्यमन्त्री कार्की समस्यामा परेकाछन् ।
गत साउन १२ मा कांग्रेसले ४ र एमालेले ५ मन्त्रालय लिने सहमति भएको थियो । तर, देउवा पक्षले २, शेखर पक्षले २ र सिटौला पक्षले १ मन्त्रालयको माग गरेपछि कोशीमा मन्त्रालय फुटाउनेबारे प्रधानमन्त्री ओली र देउवासँग मुख्यमन्त्री कार्की संवादमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij