Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विन्द्रावती सहकारीबाट सवा लाख चोरी

विन्द्रावती सहकारीबाट सवा लाख चोरी


  • 4.7K
    Shares

    विन्द्रावती सहकारीबाट सवा लाख चोरी

    गोरखा । भिमसेनथापा गाउँपालिका–१, मसेलस्थित खागीथोकमा रहेको श्री विन्द्रावती महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ ।

    गएराती सहकारीबाट करिब १ लाख २८ हजार ३ सय ३५ रुपैयाँ चोरी भएको  भिमसेनथापा गाउँपालिका–१ का वडाध्यक्ष बिकास श्रेष्ठले खवर सेन्टरलाई बताए । अध्यक्षका अनुसार चोरले चाबी नै खोलेर बचतकर्ताको पास बुक र घर्रामा राखिएको नगद चोरी गरेकोले यस विषयमा प्रहरीलाई जानकारी गराइसकेको र प्रहरीबाट छानविन भइरहेको पनि श्रेष्ठले बताए ।

    संस्थाले प्रत्येक महिनाको २ देखि ७ गतेसम्म बचत संकलन गर्ने गरिएको र ९ गते ऋण दिने गर्ने नियमित कार्यतालिका रहेकोमा ऋण दिने दिन राती चोरी हुनुले कार्यालयमा कार्यरत कर्मचारी नै यसमा संलग्न हुनसक्ने शंका उत्पन्न भएको छ ।

    सोही राती वडा नम्बर-१, को माझथोकमा पनि आधा दर्जन जति पसल र कोठा तोडफोड गरी समान चोरी भएको अध्यक्ष श्रेष्ठले बताए । 

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - १०:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij