२०८२ माघ ८ गते बिहिवार
महिलाका पीडालाई समेटेर हरेक वर्ष गायिका विष्णु माझीले गीतहरु ल्याउने गर्छिन्। जसकारण माझीका गीतको दर्शकहरुमा निकै पखाई हुन्छ।
यस वर्ष पनि विष्णु माझीको स्वरमा तीज गीत ‘आइनँ आमा यो तिजमा’ बोलको गीत सार्वजनिक भएको छ।
‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ।
गीतको भिडिओमा मोडल ललिता पौडेललाई देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई सुन्दरमणीले निर्देशन गरेका हुन्। शम्भु चालिसेले खिँचेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij