२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशमा सत्तारूढ कांग्रेस–एमालेबीच सत्ता संघर्ष चलेको छ । दुवै दलबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा सत्ता संघर्ष नै चलेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टी संस्थापनइतर नेता डा.शेखर कोइराला र कृष्ण सिटौला पक्षबीच कुरा नमिल्दा कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारमै ढिलाइ भएको छ ।
कांग्रेसले गुटगत राजनीतिलाई व्यवस्थापन गर्न नसक्दा कोशीमा हालसम्म सरकारले पूर्णता पाउन सकेको छैन । यसअघि सत्ता समीकरण हुँदा कांग्रेस–एमालेले चार–चार मन्त्रालय लिने सहमति भए पनि अहिले कांग्रेसले पाँच मन्त्रालयको माग गरेको छ ।
देउवा र कोइराला पक्षले दुई–दुई र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय पाउने गरी पाँच मन्त्रालय बाँडफाँट गरी आन्तरिक सहमति गरेपछि कोशी सरकार विस्तारमा अन्योल सिर्जना भएको हो ।
कांग्रेसले मन्त्रालय विभाजन गराएर भए पनि आफ्नो माग पूरा गर्ने लक्ष्य लिएको छ । तर, मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री कार्की तयार देखिएका छैनन् । बरू कार्की गत साउन १२ मा कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार चार–चार मन्त्रालयमै सहमति गर्नुपर्ने अडानमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij