Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

समीक्षाले ल्याइन् नयाँ गीत ‘के हेरेको टुलुटुलु’ (भिडिओ)

समीक्षाले ल्याइन् नयाँ गीत ‘के हेरेको टुलुटुलु’ (भिडिओ)


  • 3.5K
    Shares

    समीक्षाले ल्याइन् नयाँ गीत ‘के हेरेको टुलुटुलु’ (भिडिओ)

    काठमाडौं । गायिका समीक्षा अधिकारीको प्रस्तुति रहेको गीत ‘के हेरेको टुलु टुलु’ सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द रहेको गीतमा गायिका अधिकारीको स्वर सुन्न सकिन्छ।

    गीतमा खेम सेञ्चुरीले संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ। 

    समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलमार्फत गीतको भिडिओ सार्वजनिक गरिएको छ। भिडिओमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन्। 

    आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई भिडिओमा देखाइएको छ। भिडिओमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ। साथै भिडिओमा समीक्षा पनि फिचर्ड छिन्।

    गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलको कोरियोग्राफी, सुरेन्द्र बसेलको सहायक निर्देशन र शम्भु श्रेष्ठको प्रोडक्सन छ। 

     

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - ११:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij