२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशमा सत्तारूढ दल नेपली कांग्रेस संस्थापनइतर पक्षले सरकारमा सहभागी हुन सर्तै–सर्त अगाडि सारेको छ । उसले आफ्ना तीनवटा सर्त अगाडि सार्दै सरकारमा सहभागी हुन आनाकानी गरेको हो ।
कांग्रेस संस्थापनइतर पक्षका नेता डा.शेखर कोइराला पक्षले पहिलो– दुई मन्त्रालय पाउनुपर्ने, दोस्रो– वरियताको मन्त्रालयसहित मन्त्रालयको पोर्टफोलियो मिलाउनुपर्ने र तेस्रो– कोइरालाको गृहप्रदेश भएका कारण प्रदेश सरकारको कामकारबाहीमा आफ्नो पक्षले महत्वपूर्ण सल्लाह लिनुपर्ने सर्त अघि सारेको छ ।
गत असार १७ मा संघमा कांग्रेस–एमालेबीच भएको सहमति अनुसार कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिइएको छ । यद्यपि उक्त सरकारमा कांग्रेस हालसम्म सहभागी हुन लागेको हो ।
प्रदेश सरकार निर्माण्को क्रममा कांग्रेस–एमालेले मुख्यमन्त्रीबाहेक ४–४ वटा मन्त्रालय लिने सहमति गरेका छन् । तथापि उक्त सहमति कार्यान्वयन नहुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कार्यसम्पादनमा कठिनाइ भएको छ भने हालसम्म मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij