२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने भएका छन् । उनले आज (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् ।
आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ प्रदेश सभा बैठक आह्वान गरेका छन् । उक्त बैठकको आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवले जनाएको छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशका संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संघमा कांग्रेस–एमाले सत्ता समीकरण फेरिएसँगै उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।
आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्विप जारी गरेका छन् । मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये जसपाका २, जसपा नेपालका १ जना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले पनि समर्थन गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij