Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

युनाईटेड इदी–मर्दीको आईपीओ आज बाँडफाँड हुँदै

युनाईटेड इदी–मर्दीको आईपीओ आज बाँडफाँड हुँदै


  • 7.9K
    Shares

    युनाईटेड इदी–मर्दीको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं । युनाईटेड इदी–मर्दीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । युनाईटेडले मंसिर ३ गते देखि ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओको बाँडफाँड आज हुने भएको हो । 

    उक्त आइपिओ आज अपराह्न ४ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँड गरिनेछ ।

    कम्पनीको आईपीओ ५ लाख ४१ हजार २ सय ६३ जना आवेदकले ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधरणबाट माग गरिएको भन्दा ११।६८ गुणा बढी हो । 

    कम्पनीले ८ लाख ७३ हजार ९ सय १० कित्ता आईप्ओि निष्कासन गरेको हो । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरिएको थियो ।  

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १२:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij