Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि


  • 7.2K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
    images

    भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्ममा ७२ हजार ३३० जनामा संक्रमण देखिएको हो ।

    यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २२ लाख २१ हजार ६६५ पुगेको छ । बुधवारसम्म ४० हजार ३८२ जना डिस्चार्ज हुँदा भारतमा हाल ५ लाख ८४ हजार ५५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।  

    यस्तै, पछिल्लो २४ घण्टामा ४५९ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म भारतभर कोरोनाका कारण १ लाख ६२ हजार ९२७ जनाको मृत्यु भइसकेको छ ।

    पछिल्लो केही सातादेखि भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । आज पुष्टि भएको मृत्यु र संक्रमण केही महिनायता कै सर्वाधिक हो ।

    संक्रमण बढेसँगै भारतका केही राज्यहरुले निश्चित शहर र क्षेत्रमा लकडाउन गरिसकेको छ। साथै केही क्षेत्रहरुमा प्रतिबन्ध लगाएको छ । यद्यपि, संक्रमणको अवस्था बढ्दै जाँदा केन्द्र र राज्य सरकारले फेरि लकडाउन वा कडा प्रतिबन्ध लगाउने तिर योजना बनाइरहेको बताइएको छ ।  

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १२:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij