Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टिलेको मूल्य, अब कुन ठाउँमा प्रतिलिटर कति ?

आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टिलेको मूल्य, अब कुन ठाउँमा प्रतिलिटर कति ?


  • 1.8K
    Shares

    आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टिलेको मूल्य, अब कुन ठाउँमा प्रतिलिटर कति ?
    images

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको हो।

    निगम सञ्चालक समितिको आज साँझ बसेको बैठकले इन्धनको भाउ घटाउने निर्णय गरेको हो। निगमले प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ घटाउने निर्णय गरेको छ। यो समायोजित मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ।

    मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ र डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ।

    चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२ र डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ।

    प्रकाशित मिति :श्रावण ३२ २०८१ शुक्रवार - ०८:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij