Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जिल्ला प्रशासन कार्यलय गोरखाले १ बर्षमा ५ करोड भन्दा बढी राजश्व सङ्ककलन गर्याे

जिल्ला प्रशासन कार्यलय गोरखाले १ बर्षमा ५ करोड भन्दा बढी राजश्व सङ्ककलन गर्याे


  • 1.8K
    Shares

    जिल्ला प्रशासन कार्यलय गोरखाले १ बर्षमा ५ करोड भन्दा बढी राजश्व सङ्ककलन गर्याे
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले १ बर्षका अवधिमा विभिन्न शिर्षकमा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले हातहतियार नविकरणदेखी दण्ड, जरिवानाबाट उक्त रकम बरावरको राजश्व संकलन गरेको हो ।

    आर्थिक बर्ष ०८०–०८१ मा ५ करोड १४ लाख ४ हजार ७९९ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा बढी राजश्व संकलन राहदानी शुल्कमा आम्दानी गरेको छ । राहदानीबाट मात्रै कार्यालयले ५ करोड ७ लाख ५६ हजार ५०० रुपैयाँ संकलन गरेको छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार अन्य शिर्षकमा ८ लाख ५ हजार १५५ रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफतबाट ४ लाख १९ हजार ४९७ रुपैयाँ र हातहतियार नविकरण दस्तुर बापत १ लाख ४४ हजार २७० रुपैयाँ राजश्व संकलन भएको देखिएको छ ।

    त्यस्तैगरी, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ७० हजार ४३२ रुपैयाँ र परिक्षा शुल्क बापत १४ हजार १०० रुपैयाँ राजश्व संकलन भएको छ । कार्यालयले सो आर्थिक बर्षमा १२ हजार ४२९ जनाको ई–पासपोर्ट फारम संकलन गरेको जनाएको छ । त्यसका साथै कार्यालयले धरौटी तर्फ २ करोड २५ लाख ७२ हजार २७१ रुपैयाँ बाँकी रहेको पनि जनाएको छ ।

    तथ्यांकमा उल्लेख गरिएको आधारमा धरौटी बाँकी शिर्षकमा १ करोढ ८६ लाख ६५ हजार ७६२ रुपैयाँ रहेको छ । सोही आर्थिक बर्षमा २६ लाख ५८ हजार २९ रुपैयाँ धरौटी प्राप्त भएकोमा १० लाख ५८ हजार ६४० रुपैयाँ फिर्ता गरेको पनि देखिन्छ । धरौटी सदरस्याहा १ लाख ८९ हजार ८४० रुपैयाँ हुदा १ करोड ८६ लाख ६५ हजार ७६२ रुपैयाँ धरौटी बाँकी रहेको हो ।

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - १५:०७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij