Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एक बर्षमा नेको इन्स्योरेन्सले कमायो ६८ करोड ५७ लाख रुपैयाँ नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

एक बर्षमा नेको इन्स्योरेन्सले कमायो ६८ करोड ५७ लाख रुपैयाँ नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था


  • 2.1K
    Shares

    एक बर्षमा नेको इन्स्योरेन्सले कमायो ६८ करोड ५७ लाख रुपैयाँ नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

    काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म नेको इन्स्योरेन्स कम्पनीले ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा २.७४ प्रतिशतको गिरावट आएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्ममा कम्पनीले ७० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले १ अर्ब ६६ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ७.३१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७९ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    यता, शेयर पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ९ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ७८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ५५ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ७५ करोड ४९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २७ करोड ६१ लाख रुपैयाँ र महाविपत्ति कोषमा ११ करोड १३ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा २५ करोड ५० लाख रुपैयाँ थियो।

    २०८१ असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब ३ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६० प्रतिशतले घटेको छ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३४.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस ३५.०३ रुपैयाँ थियो। पीई रेसियो २४.५३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७२।८१ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - ०७:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij