Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ मा विश्वासको मत लिने, यस्तो छ संसदीय अंकगणित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ मा विश्वासको मत लिने, यस्तो छ संसदीय अंकगणित


  • 3.5K
    Shares

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ मा विश्वासको मत लिने, यस्तो छ संसदीय अंकगणित

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ मा विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वनसको मत प्रयोजनका लागि पत्र पठाइसकेका छन् । 

    त्यस दिनको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी विषय कार्यसूचीमा राखिएको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । आचार्य ७ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    एमाले र कांग्रेसका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेकाले उनले सहज विश्वासको मत पाउनेछन् । 

    सरकारलाई पूर्णता दिन अझै बाँकी छ । कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ । 

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - १६:०१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij