२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १२ गते शुक्रबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५र७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने छ ।
यस अनुसार इन्स्योरेन्सले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij