Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक रोजगारीका सबै काम अब पोखरा र भैरहवाबाट पनि हुने

वैदेशिक रोजगारीका सबै काम अब पोखरा र भैरहवाबाट पनि हुने


  • 2.3K
    Shares

    वैदेशिक रोजगारीका सबै काम अब पोखरा र भैरहवाबाट पनि हुने

    काठमाडौं ।  वैदेशिक रोजगारीका सबै काम अब पोखरा र भैरहवाबाट पनि हुने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न निर्देशन दिएको हो । श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले यस्तो सहमति गरेको हो ।

    मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई आवश्यक पर्ने सबै सेवासुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए । 

    मन्त्रालयका अनुसार सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरू पनि उपलब्ध गराउने सहमति भएको छ । त्यसमा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, पूर्वप्रस्थान अभिमुखीकरण तालिम केन्द्र, बिमा कम्पनी, श्रम स्वीकृति जारी गर्ने श्रम कार्यालय र म्यानपावर कम्पनीहरू छन् ।

    जसका कारण वैदेशिक रोजगारीमा जानेहरूले श्रमसम्बन्धी कामका लागि काठमाडौं नै धाउनु पर्ने बाध्यता हट्ने भएको छ ।  

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - १३:४१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij