२०८२ माघ १० गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट हटाउने तयारी गरेको छ ।
साधारण सदस्यबाट समेत हटाउने तयारी स्वरुप मुकुललाई स्पष्टीकरण सोधिएको छ । उनले पार्टीविरुद्ध निरन्तर विवादित टिका टिप्पणी गरेको रास्वपाले जनाएको छ ।
“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने रु तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो रु आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij