Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पोर्चुगलमा राहदानी घुम्ती सेवा सम्पन्न, ३ हजार बढी नेपालीले गराए राहदानी नवीकरण

पोर्चुगलमा राहदानी घुम्ती सेवा सम्पन्न, ३ हजार बढी नेपालीले गराए राहदानी नवीकरण


  • 3.0K
    Shares

    पोर्चुगलमा राहदानी घुम्ती सेवा सम्पन्न,  ३ हजार बढी नेपालीले गराए राहदानी नवीकरण

    काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा राहदानी घुम्ती सेवा सम्पन्न भएको छ । घुम्ती सेवामार्फत ३ हजार ८ सय २९ जना नेपालीहरूले राहदानी नवीकरण गराएका छन् । 

    राहदानी विभाग र पेरिसस्थित  नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि अगस्ट १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरिएको थियो । 

    घुम्ती सेवाबाट सेवा लिनेमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको राजदूतावासले जानकारी दिएको छ । 

    घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी थिए । यस सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए।

    हाल पोर्चुगलमा ५० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको छ ।

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - ११:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij