Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै : पक्षमा मतदान गर्न कांग्रेस, एमाले र नाउपाको ह्विप 

मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै : पक्षमा मतदान गर्न कांग्रेस, एमाले र नाउपाको ह्विप 


  • 3.6K
    Shares

    मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै : पक्षमा मतदान गर्न कांग्रेस, एमाले र नाउपाको ह्विप 

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । यही साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिन लागेका हुन् । 

    मुख्यमन्त्रीमा नियुक्त भएको भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । त्यसैका आधारमा मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् । 

    ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी छ । मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ र उन्मुक्तिका सात सदस्य रहेका छन् । 

    एमाले कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् । यता नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्नेछ । 

    साउन १८ मा मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० साउनमा कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - १०:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij