२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मधेस प्रदेश सरकारले संविधान विपरीत जम्बो मन्त्रिपरिषद् विस्तार गरेको महिना दिनपछि आठ जना राज्यमन्त्रीलाई हटाएको छ ।
उक्त प्रदेशले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध चौतर्फी अलोचना भएपश्चात् मुख्यमन्त्री सतिसकुमार सिंहले राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ ।
जम्बो मन्त्रीमण्डल विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि सबैको सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij