२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गत असार १७ मा संघको सत्ता गठबन्धन (कांग्रेस–एमाले) फेरबदल भएसँगै प्रदेशमा पनि फेरबदल हुनेक्रम जारी छ ।
गण्डकी प्रदेशमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)कै कारण मन्त्रिपरिषद् विस्तारमा बाधा भएको छ ।
यहीँ साउन महिनाभित्रै एमालेलाई सरकारमा सहभागी बनाउनेबारे यसअघि नै छलफल भए पनि हालसम्म सहभागी गराइएको छैन ।
एमालेकै कारण गण्डकी प्रदेश सरकार विस्तारमा ढिलाइ भएको कांग्रेसले जनाएको छ ।
एमालेकै कारण हालसम्म मन्त्रालय टुंग्याउन कठिनाइ भएको कांग्रेसको भनाइ छ ।
एमालेलाई सरकारमा संलग्न गराउन कांग्रेसले नसक्दा गण्डकीमा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन र मन्त्रालयको संख्या समेत टुंग्याउन सकेको छैन ।
सरकार गठनका विषयमा कांग्रेस–एमाले आफ्ना अडानबाट एकरत्ति पछि हटेका छैनन् । यसर्थ सरकार विस्तार प्रक्रिया पेचिलो बन्दै गएको नेताहरू बताउँछन् ।
कांग्रेसले ७ मन्त्रालय कायम गर्दा बाँकी २ मन्त्रालयमा मन्त्री पठाउन एमालेलाई प्रस्ताव गरेको छ ।
तर, एमालेले ७ वटामात्रै मन्त्रालय हुँदा ३ मन्त्रालय मागेको छ । ९ वटा बनाउँदा कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने एमालेको माग छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij