Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०८१ साउन २८ गते (सोमवार)

आजको राशिफल : २०८१ साउन २८ गते (सोमवार)


  • 14.5K
    Shares

    आजको राशिफल : २०८१ साउन २८ गते (सोमवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

     व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    आजको योजना स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्। नयाँ काम थाल्न समय पर्खनुहोला। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :श्रावण २८ २०८१ सोमवार - ०३:११:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij