२०८२ भाद्र २० गते शुक्रवार
गोरखा । गोरखा सदरमुकाममा भाद्र १० गते सोमबार तीज गित प्रतियोगिता हुने भएको छ । प्रतियोगिता लायन्स क्लब अफ गोरर्खाकालिकाले आयोजना गरेको हो । क्लबले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकोलागि तयारी हुदै गरेको जानकारी दिए ।
क्लबका अध्यक्ष सारदा खत्रीले प्रतियोगिता सम्पन्न गर्न विभिन्न १० उप समिति समेत निर्माण गरेको बताए । गोरखा नगरपालिका–६ को रानीपोखरी परिषरमा हुने प्रतियोगितमा नगरपालिका स्तरिय हुने भएको छ ।
क्लब पहिलो पटक आयोजना गरेको प्रतियोगितामा नगरपालिका क्षेत्र भित्रका १४ वडाबाट २–२ समूहले प्रतिस्पर्धा गर्ने छन् । ‘खुशी बाडौं’ भन्ने नारा दिएको प्रतियोगितामा पहिलो, दोस्रो र तृतिय हुने समूहले क्रमश.४०, ३० र २० हजार नगद सहित र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सान्त्वना हुने २ समूहलाई पनि ५–५ हजार नगद र प्रमाणपत्र दिने निर्णय भएको पत्रकार सम्मेलनमा खत्रीले बताए ।
स्थानिय लोक, कला तथा संस्कृती हराउदै गएको भन्दै प्रतियोगिताको आयोजना गरिएको पनि क्लबका अध्यक्ष खत्रीले पत्रकार सम्मेलनमा बताए ।
उक्त दिन कृण्ण जन्म अष्टमी तथा सोमबार परेका कारण प्रतियोगिता हेर्नेको ठुलो भिड लाग्ने अनुमान आयोजक क्लबले गरेको छ । प्रतियोगिताभर ५ लाख ६० हजार खर्च हुने अनुमान गरेको क्लबले ७ लाख आम्दानी गर्ने र बचत रकमले सामाजिक काम गर्ने सचिब लक्ष्मी श्रेष्ठले जानकारी दिए । क्लब स्थापनादेखी नै शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा गर्दै आएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij