Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

कविता प्रतियोगिता आयोजना

कविता प्रतियोगिता आयोजना


  • 2.7K
    Shares

    कविता प्रतियोगिता आयोजना

    काठमाडौं । ३९औँ वार्षिकोत्सवको सुखद अवसरमा नेपाल विद्युत प्राधिकरणले यही साउन २५ गते शुक्रबार प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरेको छ।

    ३९ औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमिति अन्तर्गतको कविता प्रतियोगिता सञ्चालन उपसमितिद्वारा आयोजित उक्त कार्यक्रममा कवि एवम् हास्यव्यङ्ग्यकार चट्याङ मास्टर प्रमुख अतिथि थिए ।विद्युतकर्मी साहित्यिक समाजका उपाध्यक्ष एवम्  कविता प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक शारदादेवी भट्टराई पोखरेलको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा विभिन्न भावभूमिका चालिस वटा कविताहरू प्रतिस्पर्धी थिए । 

    ठाकुर बेलवासे,  बलराम दाहाल र  बिना थिङको निर्णायक मण्डलले मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको उक्त प्रतियोगितामा अनिल पौडेलको 'आजित उद्घोष' कविताले प्रथम स्थान हासिल गरेको थियो भने सागर ज्ञवालीको 'मूल्य', विमला खडका बि.सी.को 'मेरो देश रोइरहेछ', मेघमणि गौतमको 'कविताको पुकार' र दिनेश शर्माको 'नोलाइट इन्चार्ज' शीर्षकका कविताहरूले क्रमश: द्वितीय, तृतीय, चतुर्थ तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए । 

    सोही कार्यक्रमबिच विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन 'अमरज्योति साहित्यिक त्रैमासिक'को ६३ औँ अङ्क ( वार्षिकोत्सव कविता विशेषाङ्क)  समेत लोकार्पण गरिएको थियो ।  

    कार्यक्रममा  मन्तव्य राख्दै प्रमुख अतिथि कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) ले प्राधिकरणका कर्मचारीहरूले इन्जिनियरिङ दक्षतासँगै साहित्य लेखन कौशलको समेत समानान्तर विकास गरेकोमा खुसी व्यक्त गरेका थिए । गौतमले बुढ्यौली जीवनका भोगाइजन्य व्यथाहरूलाई समेटेर तयार पारिएको हास्य-व्यङ्ग्यात्मक रचना प्रस्तुत गरेर मञ्चासीन तथा मञ्चाभिमुख सबैलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

    सो समारोहमा  स्वागत मन्तव्य राख्दै  विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल 'शब्दसेना' ले  प्राधिकरणको मूल उद्देश्य परिपूर्तिका लागि कर्मचारीमा नवीन सोच र सिर्जनात्मक ऊर्जा थप्न यस्ता कार्यक्रमहरू फलदायी हुनेमा आफू विश्वस्त रहेको धारणा राखे ।  

    त्यसै गरी कार्यक्रमकी सभाध्यक्ष एवम् विद्युतकर्मी साहित्यिक समाजकी उपाध्यक्ष  शारदादेवी भट्टराई पोखरेलले भौतिकका साथै भावात्मक ऊर्जा उत्पादनमा समेत नेपाल विद्युत प्राधिकरणले जागरुकता देखाएकोमा सन्तोष प्रकट गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    उक्त कार्यक्रममा  नेपाल विद्युत प्राधिकरणका उच्च पदस्थ अधिकृत र अन्य साहित्य अनुरागी कर्मचारीहरू, प्रतियोगी कविहरू,आधिकारिक र क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरू, विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष, पदाधिकारी र आजीवन सदस्यहरू, ने.वि.प्रा. का पूर्व कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    सो कार्यक्रममा विशेष अतिथि एवम्  निर्णायक मण्डलका सदस्यहरू- ठाकुर बेलवासे,  बलराम दाहाल  र बिना थिङ, ने.वि.प्रा. का निर्देशक थर्कबहादुर थापा, विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू -कुलप्रसाद पराजुली, केशव प्रसाद रुपाखेती, पुण्य घिमिरे तथा रामेश्वर राउत 'मातृदास', कृष्णदेव रिमाल 'शब्दसेना', विष्णु आचार्य 'अतृप्त', बलराम पुडासैनी तथा चतुर्भुज गौतमले अप्रतियोगी रचना वाचन गरेका थिए । सो कार्यक्रमलाई  विद्युतकर्मी साहित्यिक समाजका सचिव एवम् कविता प्रतियोगिता सञ्चालन उपसमितिका सहसंयोजक  विष्णु आचार्य 'अतृप्त'ले सहजीकरण गरेका थिए । 

    प्रकाशित मिति :श्रावण २७ २०८१ आइतवार - १२:५७:०० बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij