२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुक्रबारदेखि जारी छ । आज (आइतबार) बिहान ११ बजेबाट उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।
बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । आफ्नो धारणा राख्नेक्रममा अधिकांश स्थायी समिति सदस्यले पार्टी उपमहासचिव जनार्दन शर्मालाई पार्टी विभाजनको चर्चाबारे प्रश्न गरेको एक स्थायी समिति सदस्यले बताए ।
उनका अनुसार शर्मालाई यसबारे मौखिक स्पष्टीकरण दिन भनिएको थियो । तथापि शर्माले लिखित रूपमै उल्टै शीर्ष नेतृत्वले नै जनार्दनले पार्टी फुटाउन उद्यत रहेको भन्ने हल्ला चलाएको आरोप लगाए ।
पार्टीको जिम्मेवार पदमा रहेको भन्दै आफू पार्टी फुटाउनु भन्दा पनि वाम एकता र माओवादी सुदृढीकरणको पक्षमा भएको बताएको ती सदस्यले बताए ।
पार्टी विभाजनको हल्लाबारे स्थायी समिति बैठकमा नेताहरूबीच चर्को वादविवाद भएको ती सदस्यले बताए । जनार्दनले पार्टी फुटाउने केवल अनर्गल हल्ला मात्रै भएको लिखित रूपमै बताएको ती सदस्यले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij