२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सनराइज फर्स्ट म्युचल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताहरूले प्रतिफल पाउने भएका छन् । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई फण्डका इकाइधनीहरूले लाभांश पाउने भएका हुन् ।
लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी दुई बन्दमुखी योजनाहरूले आर्थिक २०८०र८१ को लेखापरीक्षण कार्य सम्पन्न गरी लाभांश वितरण गर्ने भएको हो ।
योजना व्यवस्थापकको साउन २४ गते गते बसेको सञ्चालक समितिको १४५ औँ बैठकले आर्थिक वर्ष २०८०र८१ को लागि सन्राइज फर्स्ट म्युचल फण्डका इकाइधनीहरूलाई करसहित १२।५ प्रतिशत प्रतिफल र ‘सन्राइज फोकस्ड इक्विटी फण्ड’का इकाइधनीहरूलाई करसहित ४।५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij