२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । पशुपतिनाथ मन्दिरमा आयोजित कोटी होममा आचार्य कृष्ण दमाई ब्यासमा आसिन भएका छन् । उनले ब्यासबाट सम्बोधन गर्दैछन् ।
पहिलो पटक कोटीहोम महायज्ञमा दलित समुदायका पण्डित व्यासमा पुगेका हुन् । हिजो उनलाई महायज्ञस्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो ।
उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए भने महायज्ञका आयोजक विजय कृष्णमूर्तिले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए ।
बैतडी घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij