Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लुम्बिनी प्रदेश– कांग्रेस  

मन्त्री नपाएको झोकमा कांग्रेस सचेतकले दिए पदबाट राजीनामा 

मन्त्री नपाएको झोकमा कांग्रेस सचेतकले दिए पदबाट राजीनामा 


  • 6.0K
    Shares

    मन्त्री नपाएको झोकमा कांग्रेस सचेतकले दिए पदबाट राजीनामा 

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतकले पदबाट राजीनामा दिएका छन् । सचेतक जन्मजय मिमिल्सिनाले पदबाट राजीनामा दिएका हुन् । 

    मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वमा कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी हुने तयारी भए पनि अन्तिममा उनको नाम हटाइएपछि तिमिल्सिनाले पदबाट राजीनामा दिएका थितए । 

    तिमिल्सिनाले लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष साउन २१ मा राजीनामा बुझाएको बताएका छन् । पार्टीभित्रको असन्तुष्टिपछि उनले राजीनामा दिएको बताइएको छ ।

    यद्यपि, तिमिल्सिनाले भने पार्टीभित्रको असन्तुष्टि नभई आफ्नै व्यक्तिगत व्यस्तताले प्रमुख सचेतकबाट राजीनामा दिएको बताए । 

    राजीनामा दिएसँगै उनले आफूले प्रयोग गर्दै आएको लु १ झ १३०५ नम्बरको गाडी प्रदेशसभालाई फिर्ता गरेका छन् । 

    चौधरीले तिमिल्सिनालाई २०७९ फागुन १३ गते प्रमुख सचेतकमा नियुक्त गरेका थिए । 

    प्रकाशित मिति :श्रावण २५ २०८१ शुक्रवार - ०९:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij